(विक्रम संवत संग सम्बन्धित इतिहास र तथ्यहरु)

सुरुवातमा तिथिको आधारमा नयाँ बर्ष मनाउने गरिन्थ्यो, तिथिहरू घटबढबाट दैनिक सासन संचालनमा अप्ठ्यारो आएको हुँदा ज्योतिषीहरुको सल्लाहमा चन्द्र शमशेरबाट वि.स.१९६१ देखि बैसाख १ गते नयाँ बर्ष मनाउने निर्णय गरिएको हो |


===@@===
वि.स. १९६१ मा नै मेष संक्रान्तिलाई बैसाख १ गते मानि बर्षभरिका १२ महिनाका दिन निर्धारण गरिएका हुन् | तिथि अनुषार बैशाख १ गते मीन राशी समाप्त भई मेष राशि सुरु भएको मानिन्छ |
===@@===
शनिबार बिदा दिने प्रचलन चन्द्र शमशेरले चलाएका हुन् | नेपालमा आंशिक प्रचलनमा रहेका संवत नेपाल सम्बत र शक् संवत तिथिका आधारमा मात्र अध्यावधिक हुन्छन (त्यहाँ गतेको प्रचलन छैन) |
===@@===
विक्रम संवत सुर्यवंशी(लिच्छवीवंशी) राजा विक्रमादित्यले सुरु गरेका हुन् |
विक्रमादित्य नेपालका राजा भएको र नेपालमा नै विक्रमसंवतको सुरुवात भएको इतिहासकारहरु (भारतीय इतिहासकार:भगवानलाल इन्द्रजी, बाबुराम आचार्य, शंकरमान आचार्य, भारतीय प्रोफेसर राधागोबिन्द बासक, ज्ञानमणि नेपाल आदि) मान्छन भने केहि भारतीय इतिहासकार विक्रमादित्य भारतीय राजा भएको मान्छन |
===@@===
विक्रम संवत भन्दा १३७ बर्ष पछी शक् संवत र ९३७ बर्षपछी नेपाल संवतको सुरुवात भएको हो | मल्लकालमा नेपालमा विक्रम संवत प्रचलनमा थियो |
विक्रम संवतमा बर्षमा ३६५ दिन हुन्छन भने नेपाल संवत र शक् संवतमा ३५४ दिन मात्र हुन्छन |
===@@===
=> बैसाख १ गते मात्र फुल्ने फुल सलहेस हो जुन अघिल्लो दिन कोपिला लागि १ गते फक्रन्छ र १ गते बेलुका देखि ओइलाउन थाल्दछ | यो फुल सिराहाको लाहानदेखि ४ किलोमिटर पश्चिममा फुल्दछ जसमा एउटा माला जस्तो लामो झ्याम्म परेको फुल हुन्छ |
===@@===
विक्रम सम्बतको नयाँ बर्ष बैसाख १ गते सुरु हुन्छ |

No comments:

Post a Comment

Total Pageviews