सामान्य_ज्ञान


{} बेलायतका राजकुमार ह्यारी नेपालको औपचारिक भ्रमणका सन्दर्भमा कहिले काठमाण्डौ आउनु भएको हो ?
→ वि.स. २०७२ चैत्र ६
{} 'वास्तविक मानिस दुःखमा हाँस्छन र पीडाबाट शक्ति बटुल्छन' भन्ने विचारक को हुन् ?
→ थोमस पाइन, अमेरीको दार्शनिक


{} २०१६ मार्चमा सम्पन्न भएको मिनि सार्क सम्मेलन भनि चिनिने सार्क मन्त्रिपरिषदको बैठक कहाँ भयो ?
→ नेपालको सहर पोखरामा
{} दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन सार्कको १९ औ सम्मेलन कहिले हुने भएको छ ?
→ सन् २०१६ नोभेम्बर ९-१० (वि.स. २०७३ कार्तिक २४-२५) बैठकले सार्क शिखर सम्मेलन हरेक दुई वर्षमा नोभेम्बरमै गर्ने समेत निर्णय भएको छ ।
{} प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणको सन्दर्भमा कहिले वेइजिङ प्रस्थान गर्नु भयो ?
→ ८ दिने औपचारिक भ्रमणका लागि ओली चैत्र ७ मा वेइजिङ पुग्नुभयो । यस अघि उहाँले २०७२ फागुन ७-१२ सम्म भारत भ्रमण गर्नुभएको थियो ।
→ प्रमानमन्त्रीद्धारा हेनान प्रान्तको बोआओमा आयोजित एसियाका लागि बोआओ मत्र्चको एसियाको नयाँ भविष्यः नवीन आयाम, नवीन दृष्टिकोण, विषयक सम्मेनलाई मार्च २४ मा सम्बोधन गर्नुभयो ।
{} २०७२ चैत्र मा राष्ट्रिय पाठ्यत्रःम तथा मुल्याङ्कन परिषद्ले एसएलसी परीक्षाको ग्रेडिङ सिस्टममा गरेको नयाँ व्यवस्था के रहेको छ ?
→ एन ग्रेडलाई हटाई डी र ई लाई डी प्लस डी र इ बनाइएको
{} कोशी प्रदेश भन्नाले कुन क्षेत्रलाइ बुझाउँछ?
→पूर्वमा कञ्चनजङघा हिमालदेखि पश्चिममा लामाटाङ हिमालसम्म
{} भोटमा मुल भएका ६ वटा नदी कुन कुन हुन?
→ अरुण, तमोर, सनुकोशी, तामाकोशी, कर्णाली र त्रिशुली
{} गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ?
→ रसुवा
{} नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
→चमेलिया नदी किनारमा
{} चुरे पहाडको सबैभन्दा अग्लो टाकुरा कुन हो ?
→ गार्वा (कैलाली)
{} समुन्द्र सतहदेखि १२०० मिटरको उचाईमा पाइने हावापानीलाई के भनेर चिनिन्छ ?
→ उष्ण मनसुनी हावापानी
{} हेलम्बु कुन जिल्लामा पर्छ ?
→ सिन्धुपाल्चोक
{} प्रकृति संरक्षणको राष्ट्रिय रणनीतिक प्रारुप २०७०-२०८७ (१५ वर्षीय) कहिले सार्वजनिक गरियो ?
→ वि.स. २०७२ पुस २
{} फ्रान्सको राज्यक्रान्तिपछि त्यहाँको शासन सत्ता कसले सम्हालेका थिए ?
→नेपोलियन बोनापार्ट
{} रुसी क्रान्ति कति चरणमा सम्पन्न भएको थियो ?
→ २
{} द्धितिय विश्वयुद्ध कहिले सुरु भएको थियो ?
→ सन् १९३९ सेप्टेम्बर १
{} महात्मा गान्धीको हत्या कहिले भएको थियो ?
→सन् १९४८ जनवरी ३०
{} Divine comedy नामक पुस्तकका लेखक को हुन् ?
→दाँते
{} पाश्चात्म राजनीतिका कौटिल्य भनि कसलाई चिनिन्छ ?
→ मेकियावेली
{} रेडक्रसका जन्मदाता को हुन् ?
→हेनरी डयुना (स्वीट्जरल्याण्ड)
{} मुस्लिम सम्वतलाई अर्को के नामले चिनिन्छ ?
→हिजरी सम्वत
{} करिव पाँच दशक लामो सैनिक शासनपछि म्यान्मारमा पहिलोपटक राष्ट्रपति बन्ने गैरसैनिक नेता को हुन् ?
→टि क्या
{} नेपालले कहिले सम्म बालविहाद अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ ?
→सन् २०२०
{} विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाईन्छ ?
→ मार्च १५ (सन् २०१६ को नारा स्वच्छ खाद्य बस्तुको प्रयोग गरौ, स्वस्थ र निरोगी बनौ)
‪#‎S_P‬

No comments:

Post a Comment

Total Pageviews