समयको संक्षिप्त इतिहास" नामक पुस्तकका लेखक को हुन् ?

स्टेफेन हकिङ
722. कालिञ्चोक भगवतीको मन्दिर कुन जिल्लामा पर्छ ?
दोलखा

723. शेख दह कुन जिल्लामा पर्छ ?
जुम्ला
724. हैदरावाद सहर कुन नदीको किनारमा अवस्थित छ ?
मुसी


725. नेपालमा मृगौला, मुटुसम्बन्धी रोगको उपचारमा पूरै छुट पाउन कति उमेर पुगेको हुनुपर्ने व्यवस्था छ ?
75 वर्ष
726. बाघ लगायत हिंस्रक जनावरहरुको निगरानी गर्नका लागि निर्मित अत्याधुनिक प्रविधिलाई के भनिन्छ ?
रेडियोकलर
727. गोपालवंशदेखि राजतन्त्रको संक्षिप्त चिनारी दिई निर्माण गरिएको चलचित्र 'द लास्ट मोनार्क' कहिले निर्माण गरिएको हो ?
वि.सं. 2070
728. फ्रान्सको राज्यक्रान्तिताका त्यहाँ पादरीहरुको संख्या कति थियो ?
करिब 1 लाख 30 हजार
729. 'वाटरफ्रेम' नामक मेसिनका आविष्कारक को हुन‍् ?
रिचार्ड आर्कराइट (आधुनिक फ्याक्ट्री पद्धतिका पिता)
730. नेपाल सरकारले जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनमा सहादत प्राप्त करिब आठ हजार जनालाई सहिद घोषणा गर्ने निर्णय कहिले गर्यो ?
2065 पुष 9
731. राणाकालमा सार्वजनिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ?
भेलछेडन अड्डा
732. बेलायतमा सर्वप्रथम निजीकरण गरिएको संस्थान कुन हो ?
ब्रिटिस पेट्रोलियम
733. रारा रा.नि. मध्यावर्ती क्षेत्र कुन दुई जिल्लाहरुमा फैलिएको छ ?
मुगु र जुम्ला
734. अब्राहम लिंकनको दासप्रथा उन्मुलनसम्बन्धी घोषणाको विरोधको नेतृत्व गर्ने व्यक्ति को थिए ?
जोन ब्राउन
735. बुद्ध जन्मेको कति दिनपछि उनको आमाको मृत्यु भएको थियो ?
5 दिन
736. विश्व व्यापार संगठनको चौथो मन्त्रीस्तरीय सम्मेलन कुन देशमा भएको थियो ?
दोहा, कतार
737. सामाजिक सेवा दिवसका दिन प्रदान गरिने राष्ट्रिय जनसंख्या पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?
डा. टिकाराम वैध
738. 'लागा' नामक विशेष चाड मनाउने नेपालको जाति कुन हो ?
छन्त्याल
739. "Report of an Investigation into the Peasant Movement in Human" नामक पुस्तकका लेखक को हुन् ?
माओत्सेतुङ
740. एक घण्टामा पित्त थैलीले कति मिलिलिटर पित्त निष्काशन गर्छ ?
40 मिलिलिटर
लोकसेवा बाजे

No comments:

Post a Comment

Total Pageviews