नमूना प्रश्नोत्तर


१• शिक्षक सेवा आयोग नियमावली २०५७,
शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले
दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
बनाएको हो ?
उत्तर- दफा १९



२• शिक्षा ऐन २०२८ (संशोधनसहित) मा गाउँ
शिक्षा समितिको अध्यक्षमा को रहने
व्यवस्था गरिएको छ ?
उत्तर- गाउँ विकास समितिको अध्यक्ष वा
अध्यक्षको काम गर्न तोकिएको व्यक्ति
३• राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति,
लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा
ती मध्ये कुनै कुराको आधारमा भेदभाव
गरिनेछैन– भनी नेपालको अन्तरिम संविधान
२०६३ को कुन मौलिक हकमा भनिएको छ ?
उत्तर- समानताको हक
४• कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष सेवा
अवधि पूरा गरी अवकाश हुँदा निजको आखिरी
महिनाको तलब भत्ता रु १८,००० रहेछ भने उसको
मासिक निवृतिभरणको रकम कति हुन आउछ ?
उत्तर- रु ९,०००
५• विद्यालय व्यवस्थापन समितिको
अध्यक्षको राजीनामा कसले स्वीकृत गर्दछ ?
उत्तर- सम्बन्धित जिल्ला शिक्षा समितिले
६• शिक्षक सेवालाई समावेशी बनाउन
सामुदायिक विद्यालयमा नेपाल सरकारबाट
स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वा
रा पदपूर्ति हुने शिक्षक दरबन्दीमध्ये ४५ प्रतिशत
पद समावेशी समूहका लागि छुट्याइएकामा
सोको कति प्रतिशत महिलाका लागि
छुट्याइएको हुन्छ ?
उत्तर- ३३ प्रतिशत
७• सार्वजनिक शैक्षिक गुठीका रुपमा
सञ्चालित विद्यालयले उत्तराधिकारी
तोक्दा कुन निकायबाट स्वीकृत लिनुपर्ने
व्यवस्था छ ?
उत्तर- शिक्षा मन्त्रालय
८• तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय
बढी आवश्यक हुन्छ ?
उत्तर- भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा
९• शिक्षक सेवा आयोगमा लिइने
प्रतियोगितात्मक परीक्षाका लागि
अन्तर्वार्ताको पूर्णांक कति हो ?
उत्तर- २५ अङ्क
१०• मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था
गर्ने सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित)
मा भएको प्रावधान तलका मध्ये कुनचाहि हो ?
उत्तर- प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा
दिन सकिनेछ
११• सबैका लागि शिक्षा कार्यक्रम (२००४–
२००९) ले प्राथमिक तहको कुल भर्नादर कति
पुर्याउने लक्ष्य राखेको छ ?
उत्तर- १०४
१२• शैक्षिक प्रणालीमा निर्णयात्मक
मूल्यांकनको प्रमुख उद्देश्य कुन हो ?
उत्तर- विद्यार्थीको शैक्षिक उपलब्धिको
प्रमाणीकरण गर्नु
१३• प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले कक्षा
१–३ को गणित विषयलाई कुल पाठ्यभारको
कति भार छुट्याइएको छ ?
उत्तर- ६
१४• विद्यालयमा वार्षिक शैक्षणिक योजना
निर्माण गर्ने मुख्य जिम्मेवारी कसको हो ?
उत्तर- शिक्षक
१५• तल दिइएकामध्ये आधारभूत तथा प्राथमिक
शिक्षा कार्यक्रम (१९९९–२००४) को उद्देश्य कुन
रहेको छ ?
उत्तर- शिक्षामा पहँुच बढाउने
--साभार/प्रायोजकः Uchaai Media-उचाई मिडिया ग्रुप—
१६• राष्ट्रिय शिक्षा पद्दतिको योजना
(२०२८–२०३२) मा निर्धारित विद्यालय तहको
शिक्षाको संरचना तलकामध्ये कुनचाहिं हो ?
उत्तर- ३+४+३
१७• स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको
उपयुक्त क्रम तलकामध्ये कुन हो ?
उत्तर- आवश्यकता पहिचान, उद्देश्य निर्धारण,
विषयवस्त’ छनोट, सिकाइ उपलब्धी निर्धारण,
शिक्षण प्रक्रिया, विद्यार्थी मूल्यांकन
१८• तल दिइएका मध्ये कुनचाहिं नेपालको
प्राथमिक शिक्षाको उद्देश्य हो ?
आधारभूत भाषिक तथा गणितीय सीप
विकास गर्नु
१९• प्राथमिक तहमा बहुकक्षा शिक्षण भन्नाले
तलकामध्ये कुन हो ?
उत्तर- एकै शिक्षकबाट एकभन्दा बढी कक्षामा एउटै
समयमा शिक्षण गर्ने तरिका
२०• मानव विकासका चरणहरुमध्ये
पूर्ववाल्यवस्था भन्नाले तलकामध्ये कुन
अवस्थालाई बुझाउँछ ?
उत्तर- २ वर्षदेखि ६ वर्षसम्म

No comments:

Post a Comment

Total Pageviews