राजनीतिशास्त्र सम्बन्धी केही महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर


१. एकल संक्रमणीय मत पद्धती भन्नाले केलाई जनाउँछ ?- समानुपातिक मत प्रणाली
२. मनुस्मृती ग्रन्थमा मानिसको जीवनलाई कति आश्रममा विभाजन गरिएको छ?- ४
३. राजनीतिशास्त्रको उद्गम स्थल कुन देशलाई मानिन्छ ?- ग्रिस


४. कर्मचारी तन्त्र (Bureaucracy) शब्दको प्रयोगगर्ने पहिलो व्यक्ति को हुन्?- भिन सेन्ट डि गुर्ने
५. राज्यका निर्देशित सिद्धान्त र नीतिलाई संविधानको अभिन्न अंगको रुपमा अंगिकार गर्ने विश्वको पहिलो संविधान कुन देशको हो ?- आयरल्याण्ड
६. घाटा बजेट सिद्धान्तका प्रतिपादक को हुन् ?- जे.यस. किन्स
७. राजनीतिशास्त्रका पिता / जनक अरस्तुको जन्म कहिले र कहाँ भएको थियो ?- इ.पू. ३८४ स्टेगिरा
८. राजनीति मन पराउनेहरु राजनीतिशास्त्रलाई के भन्न रुचाउँदछन् ?- विज्ञानकहरुकी महारानी र गुरु विज्ञान
९. ग्रीक भाषालाई राज्यलाई के भनिन्छ ?- Polis
१०. राजनीतिशास्त्रमा राज्य सम्बन्धी कसको विचार सबैभन्दा उच्च मानिन्छ ?- डा. गार्नर
११. मन्टेस्क्युले सरकारको स्वरुपलाई कति भागमा विभाजन गरेका छन् ?- ३ भागमा
१२. राजनीति शब्द ‘Politics’ को नेपाली रुपान्तरण हो भने ‘Politics’ को उत्पति कुन भाषाबाट भएको हो ?- ग्रीक
१३. आधुनिक संघ राज्य अवधारणा प्रतिपादन को हुन्?- जोहान अल्युसियस
१४. शैक्षणिक अनुशासनको रुपमा राजनीतिशास्त्रको विकास कहिले भएको हो ?- १९ औं शताब्दिको उत्तरार्द्ध
१५. राज्य सम्बन्धी दैवी उत्पतिको सिद्धान्तकले के लाई समर्थन गर्दछ ?- राजतन्त्र
१६. राज्यको प्रकृति सम्बन्धी सिद्धान्त सप्ताङ्ग सिद्धान्त का प्रतिपादक को हुन् ?- कौटिल्य
१७. मनुस्मृती ग्रन्थमा कति अध्याय छन् ?- १२ अध्याय
१८. हिन्दु राजनीति दर्शनमा मानव जातीका पिता कसलाई मानिएको छ?- मनु
१९. नेपाल UN Convenient on Civil and political Right 1966 को पक्ष राष्ट्र कहिले भयो ?- सने १९९१ मे १४
२०. सन् १९४६ जनवरी २४ मा संयुक्त राष्ट्रसंघीय महासभाले पारित गरेको पहिलो प्रस्ताव कुन विषयसँग सम्बन्धित थियो ?- निशस्त्रीकरण
२१. संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण आयोगको गठन कहिले भएको हो ?- सन् १९५२
२२. घरेलुहिंसा गर्ने व्यक्तिलाई कति रुपैयाँ सम्म जरिवाना हुन्छ ?- ३००० देखी २५००० सम्म
२३. अन्तर्राष्ट्रियकानुनका जन्मदाता कसलाई मानिन्छ ?- ह्युगो ग्रोसियस
२४. कुन राष्ट्रको शासन व्यवस्थालाई प्रत्यक्ष लोकतन्त्र प्रणाली भनिन्छ ?- स्विट्जरल्याण्ड

No comments:

Post a Comment

Total Pageviews