कक्षा १२ को परीक्षाफल प्रकाशित (नतिजासहित)


Click Here For Result

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको नतिजा आइतबार साँझ सार्वजनिक गरेको छ । गत बैशाखमा भएको परीक्षाको नतिजा साँझ सवा ६ बजे सार्वजनिक गरेको हो । नतिजा एडुखबरबाट थाहा पाउन सकिने छ ।


शिक्षा ऐन संसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछिको यो पहिलो नतिजा हो ।
Click Here For Result
प्रकाशित नतिजामा नियमित तर्फ ७३ दशमलल ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । निमित्ति परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार नियमिततर्फ कूल ४० हजार ६ सय ३ विद्यार्थीमध्ये कूल २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएउका छन् ।
त्यस्तै आंशिकतर्फ कूल ९ हजार ७ सय ८१ परीक्षार्थीमध्ये ४ हजार ४ सय १४ परीक्षार्थी अर्थात् ४५ दशमलब १३ प्रतिशत उत्तीर्ण भएका छन् ।
बर्षको तुलनामा यसपटक नियमित तर्फ २ दशमलब १२ प्रतिशत धेरै विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
परीक्षा बोर्डको रिक्तताका कारण कक्षा १२ को नतिजा प्रकाशनमा भएको अलमल बारे एडुखबरमा खबर प्रकाशित भएको ५ घण्टा भित्रै शिक्षा मन्त्रालयले उक्त रिक्तता हटाउने निर्णय गरेको छ ।
मन्त्रालयले बोर्डका नियन्त्रकलाई नै नतिजा प्रकाशित गर्न सक्ने अधिकारको पत्र बुझाएको छ । खबर सार्वजनिक भएपछि हतार हतार पुरानो मितिको निर्णय भन्दै मन्त्रालयले बोर्डका निमित्त नियन्त्रक सन्तोष अर्याललाई चिठी थमाएको मन्त्रालय श्रोतले बताएको छ ।
उक्त चिठी बुझे संगै कक्षा १२ विज्ञानको नतिजा सार्वजनिक गर्ने बाटो खुलेको हो
पढ्नुहोस् : कक्षा १२ विज्ञानको नतिजा सार्वजनिक हुदै, नतिजा एडुखबरमा 
समयमा काम नगर्ने र समय वितेपछि हतारिने शिक्षा मन्त्रालयको तरिका यसपटक फेरी छताछुल्ल भएको छ ।
Click Here For Result
डा. लवदेव अवस्थीको सचिवमा भएको बढुवा संगै बोर्डमा पदाधिकारी नहुँदा अन्तिम तयारीमा रहेर पनि कक्षा १२ को नतिजा सार्वजनिक हुन सकेको थिएन । रिजल्ट भनेको कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने काम जस्तो नभएको भन्दै बोर्डले   नतिजा सार्वजनिक गर्न सकेको थिएन । कसको अध्यक्षतामा बैठक बस्ने देखि मार्कसिटमा कसले हस्ताक्षर गर्ने सम्मका कुरा जटिल देखिएको थियो ।
पढ्नुहोस् : गठन भएको ३९ औं दिनमै खाली भयो परीक्षा बोर्ड, नतिजा प्रकाशनको काम प्रभावित
पूरक परीक्षा दिने अधिकार नियन्त्रककै हुने गरी मन्त्रालयले यस अघिनै दिएको जिम्मेवारी अनुसार एसएलसी पूरकको परीक्षा भईरहे जस्तै कक्षा १२ को नतिजा सार्वजनिक गर्न पनि सोही निर्णय काफि भएको मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले दावी गरे ।
उनले यो तर्क गरे पनि आईतबार मन्त्रालयले हतार हतार बनाएको चिठी अर्याललाई बुझाईएको श्रोतको दावी छ ।
Click Here For Result
नयाँ ब्यवस्था नभए सम्मका लागि भन्दै शिक्षा मन्त्रालयले तत्कालिन शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई कार्यवहाक अध्यक्ष र शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीलाई सदस्य सचिवका रुपमा नियुक्ति गरेको थियो । शिक्षा सचिव उमेर हदका कारण अवकास भएका र अवस्थी बढुवा भएपछि अहिले बोर्ड कार्यकारी प्रमुख विहीन भएको छ ।
प्रकाशित मिति २०७३ साउन २३ गते
Click Here For Result

No comments:

Post a Comment

Total Pageviews