सामान्यतया लोकसेवा आयोगको अन्र्तवार्तामा सोधिने विषयवस्तुहरुः


१) पदसंग सम्वन्धित पाठ्यक्रम अन्र्तगतका विषयवस्तुहरु
२) तंपाइले अहिले अध्ययन गरिरहेको मुल विषयसंग सम्वन्धित विषयवस्तुहरु
३) तंपाइ अहिले कार्यरत निकाय वा क्षेत्रसंग सम्वन्धित विषयवस्तुहरु (कानूनी, संस्थागत तथा व्यवहारिक)
४) समसामयिक घटनाहरु (नेपाल, सार्क र विश्व) तथा वर्तमान संविधान ।
*
*
*
लोकसेवा आयोगका अन्र्तवार्तामा प्रायः सोधिने अन्य प्रश्नहरुः
*
१) तंपाइ निजामती सेवामा किन प्रवेश गर्न चाहनुभएको हो ?
२) निजामती सेवामा के कस्ता सेवा सुविधाहरु उपलब्ध रहेका छन्,जसले तंपाइलाइ आकर्षण गर्यो ?
३) निजामती सेवामा सुधार गर्नुपर्ने विषयहरु के के देख्नुभएको छ, त्यो कसरी सम्भव छ ?
४) वर्तमान समयमा जनताहरु सेवा प्रवाहबाट सन्तुष्ट हुन सकेका छैनन्, यस्तो अवस्थामा तंपाइ सेवा प्रवेश गरिसकेपछी कसरी सेवा प्रवाहलाइ जनहितकारी बनाउने योजनामा हुनुहुन्छ ?
५) मानौं तंपाइलाइ सेवा प्रवेश गरिसकेपछी यो भन्दा धेरै राम्रो अवसर निजामती सेवा भन्दा वाहिर प्राप्त भयो भने तंपाइ के गर्नुहुन्छ ?
६) लोकसेवा आयोगले प्रस्तावित संघिय संरचना अनुरुप कसरी आफ्नो कार्यलाइ अगाडी बढाउन उपयुक्त होला ?
७) नेपाल संघियतामा गइसकेको छ, यसलाइ संस्थागत गर्न कसरी अगाडी बढ्नुपर्ला ?
८) नेपाल राजनैतिक रुपमा अस्थिर मुलुकको रुपमा चिनिन्छ, तंपाइ यही समयमा देशकाे प्रधानमन्त्री भएको भए सर्वप्रथम कुन काम गर्नुहुन्थ्यो ?
९) तंपाइ सेवा प्रवेश पश्चात कुनै कार्यालयमा प्रमुखको जिम्मेवारी पाउनु भयो भने तंपाइको प्रमुख जिम्मेवारीहरु केके हुन सक्छन ?
१०) (प्राथमिकताक्रममा सेवा समुह रोज्नु पर्नेमा) तंपाइले प्राथमिकता क्रमअनुसार सेवा समुह वा कार्यालयहरु रोज्दा प्रथम नंवरमा कुन सेवा समुह र कार्यालय रोज्नुभयो, किन ? आदि ।
नाेट:→ यि विषयवस्तुहरु मेराे तिनवटा अन्तरवार्ताकाे अनुभवकाे अाधारमा प्रस्तुत गरेकाे छु । उपयुक्त लाग्याे भने सहयाेगकाे लागी शेयर गरिदिनुहाेला । धन्यवाद ।


#Bishnu Aryal 

No comments:

Post a Comment

Total Pageviews