१. नेपालको पहिलो कम्प्युटर अपरेटर को हुन? उत्तर : निलकण्ठ उप्रेती


२. जेष्ठ नागरिकहरुका संबेदनसिल जटिल स्वास्थ समस्याहरु समाधानार्थ स्थापना गरिएको स्वास्थ्योपचार केन्द्रलाई के भनिन्छ?
उत्तर : जेरियाट्रीक वार्ड
३. पहिलोपटक साफ च्याम्पियनसिप नेपालमा कहिले भएको थियो? (AD मा भन्नुहोला)
उत्तर : सन् १९९७
४. माओवादी जनयुद्धको समयमा भएको चर्चित "दोरम्बा घटना" कहिले भएको थियो?
उत्तर : बीस २०६० साउन ३२
५. जिसिस क्राइस्टलाई पक्राउ गर्न सुराकी गर्ने क्राइस्टका शिष्य को थिए?
उत्तर : जुडास इस्कारियोट
६. पैगम्बर शब्दको अर्थ के हुन्छ?
उत्तर : ईश्वरको दूत
७. भारतका अन्तिम हिन्दु राजा को थिए?
उत्तर : पृथ्वीराज चौहान
८. भौगोलिक इतिहासमा "नयाँ रोजको युग" भनेर कुन शताब्दीलाई चिनिन्छ?
उत्तर : १८ औं
९. म्याग्ना कार्टा पछि प्रचलनमा आएको पहिलो रिट कुन थियो?
उत्तर : बन्दी प्रत्यक्षीकरण
१०. कुन महादेशलाई Last Of Lands पनि भनेर चिनिन्छ?
उत्तर : अष्ट्रेलिया
११. पलेटी केसंग सम्बन्धित छ?
उत्तर : संगित
१२. मोहन जोड्दा भन्नाले के बुझिन्छ?
उत्तर : लासको थुप्रो
१३. चुरौटी भाषा बोल्ने समुदाय कुन हो?
उत्तर : मुस्लिम
१४. ल्याकोस खेलमा कतिजना खेलाडी हुन्छ्न?
उत्तर : १२
१५. झगडा नृत्य कुन धर्म संग सम्बन्धित छ?
उत्तर : शिख धर्म
१६. कुन आर्थिक बर्षदेखी आयोजनालाई P1,P2,P3 मा बिभाजन गर्न थालियो?
उत्तर : आ.व ०५८/०५९
१७. आगा कप कुन खेलसंग सम्बन्धित छ?
उत्तर : हकी
१८. अरनिकोले चीनमा भागलिएको प्रतियोगितामा केको मुर्ति बनाई बिजय भएका थिए?
उत्तर : हात्ती
१९. चमार जातिका महिलालाई के भनिन्छ?
उत्तर : चमैन
२०. एगनेट प्रथा भन्नाले केलाई बुझिन्छ?
उत्तर : प्रधानमन्त्री पद भाईमा जाने
२१. माटोबिना समुद्रमा खेती गरिने पद्धतिलाई के भनिन्छ?
उत्तर : हाइड्रोपोनिक्स
२२. नेपालमा पहिलोपटक बाबुद्वारा शपथ ग्रहण गरेका संबिधानसभाका सदस्य को हुन?
उत्तर : सुनिल थापा
२३. मानिसले आबिष्कार गरेको पहिलो उर्जा कुन हो?
उत्तर : आगो
२४. दराई आदिवासी जनजाति कुन समुह अन्तर्गत पर्दछ?
उत्तर : सिमान्तकृत
२५. ओलम्पिक खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने महिला चार्लेट्टी कपुर कुन देशकी नागरिक हुन?
उत्तर : बेलायत
२६. अल्लो प्रसोधन केन्द्र नेपालको कुन जिल्लामा रहेको छ?
उत्तर : संखुवासभा
२७. इन्टरपोलको प्रधान कार्यालय कुन देशमा रहेको छ?
उत्तर : फ्रान्स
२८. सुशासनको आधार प्रजातन्त्रलाई मानिन्छ भने,मेरुदण्ड केलाई मानिन्छ?
उत्तर : कर्मचारी तन्त्र
२९. हालको मुख्य सचीवलाई २०२३ साल अघि के भनेर चिनिन्थ्यो?
उत्तर : क्याबिनेट सेक्रेटरी
३०. नेपाल सरकारको आम्दानी आधिएको कोषलाई के भनिन्छ?
उत्तर : संघीय संचित कोष
३१. स्थानीय निकायको सिमा तथा संख्या निर्धारण आयोगले कतिवटा स्थानीय निकाय निर्माण हुने बिषय सार्बजनिक गरेको छ?
उत्तर : ५६५
३२. तेह्रौं योजनाको अन्त्य सम्ममा १५-२४ बर्ष सम्मको साक्षरता दर कति पुगेको छ?
उत्तर : ८८.६०%
३३. चौधौं योजनाले माध्यामिक तहमा खुद भर्नादर (प्रतिशत) कति पुर्याउने लक्ष्य राखेको छ?
उत्तर : ४५ प्रतिशत
३४. चौधौं योजना कार्यान्वयनका लागि कतिवटा रणनीति अगाडि सारिएका छन?
उत्तर : पाँचवटा
३५. नेपालमा नै पहिलो पटक हाइड्रोपावर इन्जिनियरिङको पढाई सुरु गरेको विश्वविद्यालय कुन हो?
उत्तर : मध्यपश्चिमान्चल विश्वविद्यालय
३६. पुर्व पश्चिम राजमार्ग अन्तर्गत भारत सरकारको सहयोगमा कति कि.मि सडक निर्माण भएको थियो?
उत्तर : ८०७ कि.मि
३७. बि.पि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान कसको सहयोगमा निर्माण भएको हो?
उत्तर : भारत
३८. भारतले ७० औं स्वतन्त्रता दिवस मनाइरहेको एकदिन अगाडि अर्थात अगस्ट १४ मा छिमेकी राष्ट्र पाकिस्तानले कति औं स्वतन्त्रता दिवस मनाएको छ?
उत्तर : ७० औं
३९. थानकोटदेखि चन्द्रागिरी पर्बत जोड्ने केबलकारको लम्बाई कति कि.मि रहेको छ?
उत्तर : ४.२ कि.मि
४०. थानकोट देखि चन्द्रागिरी पर्वत जोड्ने केबलकारको आंशिक रूपमा कहिले देखि संचालनमा आएको छ?
उत्तर : २०७३ श्रावण २४ गते
४१. नेपालसंग दौत्य सम्बन्ध कायम भएको अन्तिम देश कुन हो र कहिले भएको हो?
उत्तर : गिनि (सन् २०१६ मे १२ )
४२. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो?
उत्तर : बि.स २०७३ असार १६
४३. "राष्ट्रिय युवा प्रतिभा सम्मान २०७३" द्वारा संगिततर्फ को सम्मानित भएका छन?
उत्तर : गायक शिव परियार
४४. आठौं डी सिने अवार्ड २०७३ मा विभिन्न पाँच बिधामा अवार्ड जित्दै कुन चलचित्र बर्षको उत्कृष्ट सिनेमा घोषणा भएको छ?
उत्तर : क्लासिक
४५. २०७३ सालमा राष्ट्रपतिबाट राष्ट्रिय प्रतिभा पुरस्कार पाउने संस्थाहरु कुन कुन हुन?
उत्तर : ध्रुमुस सुन्तली फाउन्डेसन र पैचो पसल गुल्मी
४६. नेपालको पर्यटन क्षेत्रसंग सम्बन्धित GHT को पूरा रुप के हो?
उत्तर : Great Himalayan Trail
४७. अपरमादी जलविद्युत आयोजना कुन जिल्लामा पर्छ र यो कति मेघावाट क्षमताको रहेको छ?
उत्तर : कास्की (१५ मेघावाट)
४८. सन् १९९२ मा सगरमाथाको आरोहण प्रयास गरे बाफत स्वर्ण पदक पाएका तेजबीर बुढाको स्वर्ण पदक कहाँ राखिएको छ?
उत्तर : गोर्खा संग्रहालय (बेलायत)
४९. चौधौं योजनाले सडक यातायातले जोडिएका गाबिस संख्या कति पुर्याउने लक्ष्य राखेको छ?
उत्तर : ३०७२
५०. वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसले प्रदान गर्ने "द विज २०१६" बाट नेपालको कुन बैंक सम्मानित भएको छ?
उत्तर : प्राइम बैंक
बोनस प्रश्न
नेपाल सरकारको तर्फबाट दायर भएको मुद्दा फिर्ता लिंदा कसको राय लिनुपर्दछ ?
उत्तर : महान्यायाधिवक्ता

No comments:

Post a Comment

Total Pageviews