लोकसेवा आयोगले अन्तर्वार्तामा सोधेको र सोध्न सकिने केही प्रश्नहरु..!!


👉तपाईं किन निजामती सेवामा प्रवेश गर्न चाहनुहुन्छ ??

👉 सेवा प्रवेश गरेपछि तपाईं कार्यलयको काममा व्यस्त
रहनुपर्छ त्यस्तो परिस्थितिमा तपाईं आफ्नो अध्ययनलाई
कसरी अगाडि बढाउनु हुन्छ ???



👉तपाईंको जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक ,
पर्यटकीय , संस्कृतिक स्थलको बारेमा जानकारी
गराउनुहोस् ???

👉तपाईंले नेपालको संविधान २०७२ अध्ययन गर्नुभयो ???

👉 नेपालको हालको संविधानमा कति धारा,उपधारा र
अनुसुची रहेका छन् ???

👉 नेपालको संविधानमा लोकसेवा सम्बन्धि कस्तो व्यवस्था गरिएको छ ???

👉 तपाईंले अहिले अन्तर्वार्ता दिइरहेको कार्यलयको नाम के हो ???

👉 नेपालको संविधानमा लोकसेवा आयोगको व्यवस्था कुन भागमा गरिएको छ ???

👉तपाईंको विचारमा अहिले देखिएको नाकाबन्दीका
कारण सिर्जित समस्य कसरी समाधान गर्न सकिएला ???

👉 यो वर्षको मदन पुरस्कार कुन कृतिको लागि कसलाई
प्रदान गरियो ???

👉 तपाईंको जन्म जिल्ला , गाउँ , ठाउको नाम कसरी रहन गयो ???

👉तपाईं आफुले अध्ययन गरेको विषयमा धेरै अगाडि
जानसक्नुहुन्छ । उक्त विषयका अवसरलाई छोडेर यो पदमा किन आउन चाहनुहुन्छ ???(यो प्रश्न प्रायः छुट्दैन )

👉 हाल चर्चामा रहेको आतंकवादी संगठन आईएस को प्रमुख को हुन् ???

👉 नेपालको अन्तरिम संविधान २०६३ कहिले खारेज
गरियो ???

👉 नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख को हुन् ???

👉नोबेल पुरस्कार कति विधामा प्रदान गरिन्छ ???

👉संयुक्त राष्ट्रसंघ दिवस कहिले मनाइन्छ ???

👉 उत्कृष्ट निजामती पुरस्कारको राशी कति रहेको छ ???

👉 उत्कृष्ट निजामती पुरस्कार कति जनालाई प्रदान
गरिन्छ ???

👉यस वर्षको राष्ट्रिय शिक्षा दिवसको नारा के रहेको
छ ???

No comments:

Post a Comment

Total Pageviews