१० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट:
जेष्ठ १५, २०७३- सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ का
लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट
ल्याएको छ । व्यवस्थापिका संसदको शनिबारको बैठकमा अर्थमन्त्री
विष्णुप्रसाद पैडेलले उक्त बजेट पेस गरेका हुन् ।
नयाँ संविधानमा गरिएको व्यवस्था जेठ-१५ मा बजेट पेस भएको हो । नयाँ
संविधानपछिको यो पहिलो बजेट पनि हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ
रु ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पुँजिगत तर्फ ३ खर्ब
११ ९४ करोड ६३ लाख २५ हजार व्यवस्था गरिएको छ ।
कुल बजेटका लागि राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा
फिर्ता प्राप्तिबाट १० अर्ब, र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ८९
करोड र वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार
जुटाइने अर्थमन्त्री पौडेलले बताए । बाँकी रकम
आन्तरिक ऋण र चालु आवको नगद मौज्दातबाट व्यवस्थापन गरिने उनले
जनाए ।
बजेटका विशेषताहरुः
- कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि
- आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र
दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने ।
- सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि
- आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि
निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्याइयो ।
- संसदीय विकास कोषको बजेट ५० लाख ।
- पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको
व्यवस्था ।
- रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने
- पानी जाहाज सञ्चालनको अध्ययन गरिने ।
- शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ।
- प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा ।
- पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर ।
- पुनःनिर्माणमा एक खर्ब ४० अर्ब ।
- तरार्इका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।
- आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ।
- क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मूल्य अभिवृद्धिकरमा सबै छुट ,
भन्सार १ प्रतिशत मात्र।
- अखबारी कागजमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
- कृषि, सिंचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
- बन्द, हडताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने
।
- काठमाडौंमा निर्माण हुने घरमा अनिवार्य सोलार जोड्नु पर्ने ।
- गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता ।
- नगरपालिकालाई दिइने अनुदान पनि दोब्बर ।
- २०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने
- सबै नेपालीको बैंक खाता ।
- तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने ।
- एक प्रदेश एक औधौगिक क्षेत्र स्थापना गरिने ।
- आगामी ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमीमा सिंचाइ
पुर्याइने
- हुलाकी सडकको पहिलो चरण तीन वर्ष भित्र
सम्पन्न गर्ने लक्ष्य ।
संकलक : कुबिर गिरी
No comments:
Post a Comment