# नागरिक समाज भनेको के हो ?नागरिक समाजको भुमिका उल्लेख गर्नुहोस् । ☆☆☆☆☆☆ नागरिक समाज ☆☆☆☆☆☆ ▶नागरिक समाज यस्तो समुह हो जुन गैर राजनीतिक गैरसरकारी र गैरनाफामुलक हुन्छ ।जसमा नागरिकको हक अधिकारको बहस र पैरवी गर्न स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरू स्वत:स्फुिर्त रुपमा संगठित भएको हुन्छ ।
▶नागरिकको रक्षार्थ नागरिकहरूकै माझबाट उत्पत्ति भएको जनताको साझा हितको अभिव्यक्तिको रुपमा नागरिक समाजलाई बुझिन्छ । ▶नागरिक समाजले कानुन कार्यान्वयनमा सरकारलाई र कानुन पालनामा नागरिकलाई सचेत र सहयोग गरि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा सरकार र नागरिकलाई सहज वातावरणको सिर्जना गर्दै सरकार र नागरिक बीच सुमधुर सम्बन्ध कायम गरि सरकारको काम कारबाहीलाई जनउत्तरदायी र पारदर्शी ढंगबाट सञ्चालन हुन मद्दत गर्दछ । नागरिक समाजको भुमिका
✔लोकतान्त्रिक मुल्यमान्यताको विकास र संस्थागत गर्ने माध्यमको रुपमा , ✔परिवर्तनको संवाहकको रुपमा , ✔समाज सुधारको रुपमा , ✔रचनात्मक सुझाव कर्ताको रुपमा , ✔आवश्यक दबाब कर्ताको रुपमा , ✔सचेतकको रुपमा , ✔सचेतना अभिवृद्धिको रुपमा , ✔जनसहभागिता र मत निर्माण गर्ने माध्यमको रुपमा इत्यादि ।
No comments:
Post a Comment