• भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा
हुन्।
• नेपालको पहिलो प्रधानमन्त्रि भिम्सेन थापा हुन ।
• सप्त बुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸
काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन्।
• थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ
• स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो।
• नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा
हुन्।
• नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२
सालमा प्रकाशन भएको थियो।
• नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको
ढोका हो।
• विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो।
• भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल
(टोय ट्रेन) भनिन्छ।
• विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी
हो।
• धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं.
१८८२ मा गराएका हुन्।
• तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई
लामाको आश्रम भारतको धर्मशालामा रहेको छ।
• नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला
गरिएको हिमाल अन्नपूर्ण हिमाल हो।
• विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो
बन्दरानाइके हुन्। उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी
थिइन्।
• विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला
पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा
प्रधानमन्त्री बनेकी थिइन्।
• विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत
संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन्।
• नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन्।
• सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला
जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो
सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा
हुन्।
• विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन
बेलायतबाट सुरू भएको हो।
• नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र
कुमारी कामाक्षादेवी हुन्?
• नायबी शासन चलाउने पहिलो महिला रानी
राजेन्द्रलक्ष्मी हुन्।
• रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने
पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन्।
• नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी
ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा
आचार्य हुन्।
• सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात
हुन्।
• विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत
हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो
महिला बानिरा गिरी हुन्।
• प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी
श्रेष्ठ हुन् !!
No comments:
Post a Comment