दाइजाे प्रथाकाे परिचय दिदै समाजमा दाइजाे प्रथा प्रचलनमा अाउनुका मुख्यकारणाहरू उल्लेख गर्दै यसलाइ निराकरणा गर्नका लागी अपनाउनु पर्ने उपयहरू लेख्नुहाेस ।


– जन्मघर छाडेर जाने छाेरी चेलीलाइ माइति पक्षले दिने चल अचल सम्पति लाइ दाइजाे भनिन्छ ।
– याे नेपाली समाजमा परम्परा देखि चलिअाएकाे एउटा प्रथा हाे ।


– कसैले अाफ्नाे अाैकात अनुसार दाइजाेकाे रूपमा दिइने धन लाइ नराम्राे मानिन्दैन तर नेपाली समाजमा अाजभाेली केटा पक्षले दाइजाेलाइ अधिकारकाे रूपमा माग्ने र केटी पक्षले अाफ्नाे क्षमता भन्दा वढी ऋण काढेर भए पनि दाइजाेकाे रूपमा दिनुपर्ने परिस्थिति सिर्जना भएकाे छ । पर्याप्त मात्रमा दाइजाे नदिएमा कन्यालाइ घरमा अनेक प्रकारकाे प्रताडना दिने र ज्यानै लिने सम्मका घट्नाहरू
समाजमा यत्रतत्र देख्न र सुन्ने गरेका छाै विशेष गरि तराइका मैथीली समाजमा ।
दाइजाे प्रथा समाजमा प्रचलन अाउनुका मुख्यकारणाहरू यस प्रकार उल्लेख गरेकाे छु ः
– समाजमा जनचेतनाकाे अभाव हुनु,
– छाेरा र छाेरी दुवै विच सम्मान व्यवहार नगरिनु
– समाजमा प्रतिष्ठाकाे लागि भएपनि भाेजभतेर, विवहामा धेरै खर्च गर्ने परिपाटि हुनु
– विधमान एेन , नियमा समसामयिक परिमार्जन नगरिनु र कार्यान्वयन पक्ष फितलाे हुनु
– दाेषि लाइ कानुनकाे परिधिमा ल्याउन नसक्नु, दण्डहिनताकाे स्थिति
– परम्परादेखि चलिअाएकाे सस्कारमा परिवर्तन अाउन नसक्नु
– समाजमा देखाशिखी गर्ने परिपाटी अादि ।

निराकरणका लागि निम्न उपायहरू अवलम्वन गर्न सिकिन्छ ः
– जनचेतना जगाउने ः जस्ताे रेडियाे , टि भी बाट
– गाउ गाउमा चेतनामुलक कार्यक्रम संचालन गर्ने
– छाेरा र छाेरी दुवै समान हुन भन्ने धारणा जगाउने
– विधमान एेन नियममा समसामयिक परिमार्जन गरि प्रभावकारी रूपमा संचालन गर्ने
– प्रतिष्ठाकाे लागी भए पनि समाजमा फजुलमा खर्च गर्ने परिपाटि वन्द गर्ने
– दाेषिलाइ कानुनकाे दायरामा ल्याउने
– महिलाहरूकाे शशक्तिकरणा गर्ने अादी ।
अन्तत ः दाेइजाे प्रथा नेपाली समाजमा समस्याकाे रूपमा जरा गाडेर वसेकाे पाइन्छ । यसले दिन प्रतिदिन विकराल रूपलिदै गएकाे देखिन्छ । यसमाथि चाडाे भन्दा चाडाे प्रभावकारि रूपमा नियन्त्रणा गर्न सकिएमा हाम्रा चेलिहरूले विवहा भएर कर्म घरमा जादा विभिन्न प्रकारकाे प्रताडना सहन रअकालमै ज्यान जान बाट वच्न सक्ने देखिन्छ ।

No comments:

Post a Comment

Total Pageviews