2. ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग मिल्ने स साना नदीलाइ सहायक नदि भनिन्छ ।
3. बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो
4. 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो ।
5. वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका स्तनधारी, 9 प्रजातीका पंक्षी र 3 प्रजातिका सरिसृपलाइ राखेको छ ।
6. बर्दिया रा . नि . कृष्णसारका लागि प्रख्यात छ भने शुक्लाफाँटा रा . नि . बाह्रसिंगेका लागि प्रख्यात छ ।
7. कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाकालागि प्रख्यात छ भने शे - फोक्सुण्डो रा नि तिब्बती खरायोकालागि प्रख्यात छ ।8. चितवन रा नि एकसिंगे गैडा र घडियालका लागि प्रख्यात छ ।
9. क्षेत्रफलका हिसाबले सबैभन्दा बढि 35 % वन क्षेत्र सुदुरपश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
10. क्षेत्रफलका हिसाबले सबैभन्दा कम 25 % वन क्षेत्र पश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
11. कुरीलो ,सर्पगन्धा , अश्वगन्धा , सतुवा , बोझो , कालो मुस्ली , बकाइनो , किम्बु आदि बनस्पतिको जरा उपयोगी हुन्छ ।
12. भृगराज ,दत्तिवन , पुदिना , गन्धेझार ,पुर्ननवा , दुवो , असुरो ,कण्ठकारी , आकाशवेली, भ्याकुर अदि वनस्पतिको पुरै भाग उपयोगी हुन्छ ।
13. नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।
14. नेपालको माटोलाइ मोटामेटि पाँगो ,बलौटे पत्थरिलो , रातो फुस्रो ,तलैया र हिमाली माटो गरि 5 भागमा बाँडिएको छ ।
15. नेपालमा हालसम्म सुन उत्खनन् का लागि 41 वटा कम्पनीले अनुमती पाएका छन् ।
16. माछापुच्छ्रे हिमालमा वि सं 2020 फागुन 5 गते आरोहण प्रतिबन्ध लगाइएको थियो ।
17. विश्वकै सबैभन्दा लामो पदयात्रा 'ग्रेट हिमालयन ट्रेल ' हो ।
18. ग्रेट हिमालयन ट्रेलको लम्बाइ 4500 कि मि रहेको छ ।
19. सन् 2012 मे 29 मा सोलुखुम्बुमा सम्पन्न 10 औँ तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि फुर्वा तामाङ र महिला तर्फको उपाधि आङफुटी शेर्पाले जितेकी थिइन ।
20. छ वटा चुचुरा भएको हिमाल धौलागिरि हो ।
21. तिब्बति भाषामा सगरमाथालाइ झोमोलोङ्गमा भधिन्छ ।
22. बाबुराम आचार्यले माउन्ट एभरेष्टलाइ सगरमाथा नामाकरण गर्नु अगाडि यसलाइ पन्ध्रौँ चुली भनिन्थ्यो ।
23. नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो ।
24. नेपालमा सन्1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो ।पहिलो आरोहण प्रयास गरिएको हिमाल अन्नपूर्ण हो ।
. सगरमाथा अरोहण गर्ने पहिलो ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम ,दोस्रो स्वीस टिम र तेस्रो चिनिया टिम थियो ।
26. सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।
27. ओलम्पिक ज्योतिलाइ वि सं 2065 वैशाख 26 मा सगरमाथाको शिखरमा पुर्याइएको थियो ।
28. सगरमाथा 27॰59' उत्तरि अक्षांश र 86॰55' पूर्वी देशान्तरमा पर्दछ ।
29. नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।
30. विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली सेरावजाङ्बु शेर्पा हुन्
नायब सुब्बा लक्षित विशेष जानकारी -तेस्रो सेट
1. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला खत्याड हो।
2. रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।
3. गंगा जमुना झरना नेपालको धादिङ् जिल्लामा पर्छ।
4. राउटे जातिले बिना गीत बाजा मात्र बजाई सामुहिक रुपमा नाच्ने नृत्यलाई वैशाली नृत्य भनिन्छ।
5. गौतम बुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कारको राशी 50 हजार अमेरिकी डलर छ।
6. भुमध्ये रेखाले नछुने महादेश युरोप हो।
7. पाँचथरको च्याङथापु देखि बैतडिको झुलाघाट सम्मको मध्यपहाडी मार्गलाई पुष्पलाल लोकमार्ग भनिन्छ।
8. नेपाल खेलकुद परिषद्को स्थापना बि.सं. 2017 सालमा भएको हो।
9. नेपालले विश्व व्यापार संगठनको सदस्यता 23 अप्रिल 2004 मा प्राप्त गर्यो।
10. अन्तराष्ट्रिय जैविक विविधता दिवश डिसेम्बर 29 मा मनाईन्छ।
11. नेपालमा हाल दिइने सबैभन्दा ठुलो राष्ट्रिय सम्मान " नेपाल रत्न " हो।
12. कालापत्थरमा मन्त्रीपरिषद्को बैठक 2066 मसिँर 19 गते बसेको थियो।
13. मानव शरीरको सबैभन्दा सानो हाड कानमा हुन्छ।
14. विश्वमा सबैभन्दा बढि HIV सक्रमित भएको देश भारत हो।
15. शिक्षाको सिकाई हुन्छ भने उपचारको निको हुन्छ।
16. काष्ठमाण्डपको निर्माण लक्ष्मि नरसिहं मल्लले गरेका हुन्।
17. पित्ताशय नहुने जीव उँट हो।
18. " घरमा छैन पिठोको प्वाङ्, बाहिर गर्छ अठार स्वाङ् " भनेको सुकुलगुन्डो हो।
19. सगरमाथा हिमालको उचाई 29028 फिट छ।
20. नेपालमा मात्र पाईने फुल स्टेलेरिया डिकम्बेन्स हो।
21. बुद्धको शाब्दिक अर्थ ब्युंझेको मान्छे हो।
22. लुम्बिनी भ्रमण वर्ष 2012, 2012 जनवरी 14 मा राष्ट्रपति रामवरण यादवले बिधिवत सुरुवात गरेका हुन्।
23. आकाशबाट खिचेको फोटोलाई एरियल फोटो भनिन्छ।
24. ठुलो बोट बिरुवालाई छाँटकाँट गरेर सानो बनाउने प्रविधिलाई बोन्साई भनिन्छ।
25. मान्छेको टाउकोमा 29 ओटा हाड हुन्छन्।
26. ब्रिटिस उपनिवेशबाट मुत्त हुने पहिलो देश घाना हो।
27. बिश्वको जनसंख्या 7 अर्ब पुगेको दिन 2011 अक्टोबर 31 का दिन हो।
28. 2068 साउन 22 गतेबाट सार्बजानिक स्थलमा धुम्रपान निषेध गरियो।
29. बृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।
30. पृथ्वी प्रतिमिनेट 79 KM को गतिमा घुम्छ।
No comments:
Post a Comment