प्रश्न :नेपालको संविधानमा के कस्ता मौलिक हक र कर्तव्यहरुको व्यवस्था गरिएका छ उल्लेख गर्नुहोस ।



नेपालको संविधान, २०७२ भाग–३ अन्तर्गत धारा १६ देखी धारा ४८
सम्म मौलिक हकहरुको व्यवस्था गरिएको छ जसलाई देहायअनुसार उल्लेख
गरिएको छ ।
धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक
धारा १७ स्वतन्त्रताको हक
धारा १८ समानताको हक

धारा १९ सञ्चारका हक
धारा २० न्याय सम्बन्धी हक
धारा २१ अपराध पीडितको हक

धारा २२ यातना विरुद्धका हक
धारा २३ निवारक नजरबन्द विरुद्धको हक
धारा २४ छुवाछुत तथा भेदभाव विरुद्धको हक
धारा २५ सम्पत्तिको हक
धारा २६ धार्मिक स्वतन्त्रताको हक
धारा २७ सूचनाको हक
धारा २८ गोपनीयताको हक
धारा २९ शोषण विरुद्धको हक
धारा ३०्र स्वच्छ वातावरणको हक
धारा ३१ शिक्षा सम्बन्धी हक
धारा ३२ भाषा तथा संस्कृतिको हक
धारा ३३ रोजगारीको हक
धारा ३४ श्रमका हक
धारा ३५ स्वास्थ्य सम्बन्ध िहक
धारा ३६ खाद्य सम्बन्धी हक
धारा ३७ आवासको हक

धारा ३८ महिलाको हक
धारा ३९ बालबालिकाको हक
धारा ४० दलितको हक
धारा ४१ ज्येष्ठ नागरिकको हक
धारा ४२ सामाजिक न्यायको हक
धारा ४३ सामाजिक सुरक्षाको हक
धारा ४४ उपभोक्ताको हक
धारा ४५ देश निकाला विरुद्धको हक
धारा ४६ संवैधानिक उपचारको हक
धारा ४७ मौलिक हकको कार्यान्वयन
धारा ४८ नागरिकका कर्तव्य
यस धारा मा व्यवस्था गरिएअनुसार नागरिकका कर्तव्य निम्नानुसार रहेका छन् ।
क) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभामसत्ता र
अखण्डताको रक्षा गर्नु,
ख) संविधान र कानूनको पालना गर्नु,
ग) राज्यले चाहेका बखत अनिवाई सेवा गर्नु,
घ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।

No comments:

Post a Comment

Total Pageviews