नाइँ, म मम खान्नँ

एस् एल् सी पछि अब पालो कलेज पढ्ने थियो । गाँउबाट डेढ घण्टाको समय लगाएर पढ्न आइने भो बनेपाको एउटा कलेजमा । स्कुलबाट त कति भागियो कति । तर कलेजमा त भाग्न हुन्नँ, पास गर्न धेरै मेहेनत गर्नु पर्छ भनेर सबैले भनेको सुन्थेँ । आखिर विद्यार्थी न हो पढ्न भनेपछि के जाँगर चल्थ्यो? चाँजोपाँजो मिलाएर दुई हप्ता पछि त साथी सङ्गको मिलेमतोमा कलेज बङ्क गर्ने श्रिङ्खला सुरु भैहाल्यो ।
स्कुलबाट भाग्दा भन्दा कलेज बङ्क गर्दा छुट्टै आनन्द आउने । भाग्ने त दुबै बिना सुचना निर्धारित नियमलाई छलेर भाग्ने नै हो तर शब्दावली पनि कति फरक । बङ्क भन्दा छुट्टै स्वतन्त्रताको प्वाँख पलाएझै लाग्ने । कलेज बङ्क गरेर युनिफर्ममै डाँडाकाँडा दगुर्ने, डुल्ने, खाने बाहेक भक्तपुरको बाराही हलमा हिन्दी फिलिम हेर्न जाने नशा लागेको थियो । त्यहाँ हेरेको पहिलो फिलिम थियो अजय देवगन स्प्लिटेड पर्सनालिटी भएको दिवान्गी । मुभी सकिएपछि बाराही चोकमा एउटा जस्ताको छाप्रोमा खाजा खान जान तयार भए साथीहरु । “वाराही मम” नामाङ्कित उक्त छाप्रोमा ढोकैमा बलिरहेको स्टोभ माथि ममको ठुलो भाडोले चर्कै सँग “झ्वाइयँ” आवाज दिइरहेको थियो । त्यहाँबाट आएको स्टिमले पुरै कोठा बाफिलो थियो । अर्को टेबलमा तामाङ् जस्ता लाग्ने आमा छोरी स्वादले सप्रक सप्रक मम खाइरहेका थिए जस्तोकी मम एकपटक त खानै पर्ने चीज हो । 
पहिले जे त होला खाने चिज न त हो, खाइ नै पो दिउ कि क्या हो जस्तो लागेर छाप्रो भित्र छिरिएको थियो । छिरिसकेपछी बाफको हरकले असजिलो महसुश भयो । तलबाट उडेर राँगोको मासु पिल्सिएर निक्लेको बाफ पिठोको खोलका सुक्ष्म छिद्रहरुबाट चुहिएर तातिरहेको सिलाबरे भाँडोको अन्तरकुन्तरबाट बाहिर आएर छाप्रो भित्रको वायुमन्डलमा तैरँदै गर्दा स्वाठ्ठै मेरो नाक भित्र छिर्यो । श्वास संगै घ्राणेन्द्रीयमा छिरेको उक्त राग फोक्सोको एल्भिओलाईमा रगतसँग साटियो र अणु–योगिक भएर दिमाग लगायत सम्पूर्ण शरीर कोषिकामा तरङ्गित भयो । त्यो गन्ध मलाई किञ्चित मन परेन । भित्रै देखि असजिलो भएर आयो । तैपनी साथीहरुसँग टेबलमा बसेँ । 
अब ममको एक चरणको अनुभव पछि दोस्रो चरणको अनुभव लिनँ स्टिलको प्लेटमा भर्खरै आफु सामुन्ने आएको सेता सेता डल्लाहरुलाई नियालँे । प्लेटमा वरिपरि सजिएको नौलो अनि बरखी बारेको जस्तो देखिने डल्लो परिकार रापिलो छ, बाफिलो छ । नीलो बाल्टिबाट पसले दिदीले डाडुले उबाएर हरियो झोल लतत हुने गरी पिठाका पोकाहरुलाई डुबाउने गरी हालिदिइन् । चम्चाले पल्टाएर साथी अनीलले फोर्कले एउटा डल्लामा घ्वाप्प घोप्यो । हरियो झोलमा ओल्टाइपल्टाई लाट्लुट पार्यो र ख्वाप्प मुखमा दाब्यो । प्रष्टै थियो, लगभग आगोकै भुङ्ग्रो जस्तो तातो उक्त डल्लाले अनीलको ओठ, जिब्रो गीजा, सबै पोल्यो । मुख भरी बुझो लागेकाले बिचरा उस्ले “आथ्था” पनि भन्न पाएन । हाउडो बाएरै स्वार्र हावा भित्र तान्यो । त्यस्पछि बाहिर फर्कायो । अलिअली दाँतले पेल्यो, मुख भित्रै ओर्कायो फर्कायो । त्यस्पछि फेरी चम्चा भरी भरी हरियो झोल प्लेट्बाट उबाएर स्वाट्ट स्वाट्ट मुखमा हाल्यो । मम चिसो झोलले हल्का चिसिएकाले हुन सक्छ, दातले जोड्ले काचाक् कुचुक पारेर निलिदियो ।  
म एकैछिन त दङग परँे, कस्तो चपाउन पनि नपर्ने रहेछ । फेरी अर्को चम्चा झोल पेल्यो । ठीक त ठीक हो, पिठोमा बाटरेपछी भित्र रहेको भैंसीको चौटा पनि देख्न नपर्ने, घीन पनि नलाग्ने । तर मलाई हरियो झोलमा पौडी खेलिरहेका महिष पिन्डहरु देखेर पेट हुँडल्न थालिसकेको थियो । त्यो झोलको रङ हेर्दा तीन दिने पाडोले बिगौती दुध धेरै खाएर छेरेको जस्तो लाग्यो । अँह१ यो काम मबाट हुँदैन । टेबलको प्लेट अलि पर सारेर कराउदै म जुरुक्क उठेँ – “नाइँ, म मम खान्नँ” । साथी राजुले भन्यो– “आधा प्लेट मात्र ममले पनि जिउलाई दिनभरी आड दिन्छ । उत्तिनै पैसा पर्ने चना र सेल जस्तो पेट्मै फुस्स हराउदैन मम” । तर पनि मैले ममको जिब्रे अनुभव गर्न सकिनँ ।  
दुई बर्ष सम्म ममको चौतर्फी प्रशंसा सुनेर म हैरान थिए । बिष हैन क्यारे, सबैले त्यस्तो मिठो मानेर खाका छन् । एक पटक त चाख्नै पर्ने थियो । बाह्रको रिजल्ट आएपछि तीनै साथी सङ्ग एकदिन झिङ्गु छिरियो । बडो आँट गरेर सिङ्गै आधा प्लेट मम अर्डर गरँे आफ्नो लागि । आफुले पनि अनीलको सीप अवलम्बन गर्दै मम क्वाप्प मुखमा हालेँ । मामाका डल्ला ठुला, आफ्नो दार सानो । तार्तम्य मिलेन, मुखभित्र पसेको मम मुखमै जाम भयो । हल न चल भयो । तातो उस्तै, पोलेर मरेतुल्य पारो ममले । र्याल र सिङ्गान बग्न सुरु भैगो । आँखाबाट पनि आसु बग्न सुरु भयो । मुखमा हुलिसकेको ममलाई “आँ” गरेर प्लेटको पोखरीमा ह्वात्तै पारिदिएँ । केटाहरु हाँसे, भने– “बाहुनको छोरोले मम खाओस न स्वाद पाओस् । जिब्रोले भने स्वाद भेटिसकेको थियो, हल्का बेग्लै किसिमको गन्ध बाहेक समग्रमा ममको स्वाद नमीठो चाँही भनिहाल्न मिल्दैन । तिब्बतको ल्हासामा उत्पत्ति भएको ठानिएको यो परिकारले नजाने कति वर्ष संघर्ष गर्नुप¥यो मेरो जीब्रोसम्म आइपुग्न । राजुले सुझायो– “चम्चा र काँटाको मद्दतले आधा आधा टुक्रा पारेर खाऊ” । तर टुक्र्याएपछि पीठोको खोल पुर्व लाग्यो भित्रको मासु मसलाको डल्लो छरपस्ट भयो । घीन लागेर यसपाली म ममको पूर्ण अनुभव गर्न नसक्ने भैसकेको थिएँ ।
त्यस्को एक हप्ता पछि अद्वैत् मार्गमा साथीसँग फेरि एभरेस्ट मम भित्र गइयो । डल्ला साना साना भएकाले निल्न सकिने आश थियो । नभन्दै बढो संघर्षका बाबजुद पाँच गोली मम पेट्ले फछ्र्याेट गरिछाड्यो । तीन घुट्का पानी खाँदा त पेट टनक्क भएर ढाडियो । त्यही दिन बसमा यात्रा गर्दा सल्लाघारी नपुग्दै पेट उमठेर पहिले अमीलो झोल आयो त्यस्पछि आंशिक चपाइएका ममका डल्लाहरु पहेलो लयालु झोल सँगै हुलुक हुलुक बाहिर आउन थाल्यो । मुन्टै बसको सिसा बाहिर राखेर आमासयको मम भक्तपूरे भूमिमा बिसर्जन गर्नु पर्यो ।  
पछि तरह तरहका मम देखियो । धेरै ठूला, बुट्ट भरेका, लाम्चा, घुमाउरा, साना, कोठे । त्यस्तै गरी फ्राइड्, भेज, सी, चिकेन, मस्रुम, पनीर के के हो के के । अनेक माध्यममा सर्भ गरेको भेटेँ– टपरी, कचौरा, थाल, बोहोता, डिस्पोजेबल प्लेट । यसरी एक सय एक थरिका मम आए तर पनि मैले खाने आँट गरिनँ ।
[ यो लेख २०७३ माघ सात गतेको साप्ताहिकमा प्रकाशित् छ । ]
ravinems@iom.edu.np 

युट्युवमा सार्वजनिक भयो छक्का पन्जा

काठमाडौं, पुस २९ – चलचित्र छक्का पन्जा युट्युवमा सार्वजनिक भएको छ । छक्का पन्जा पाइरेसीको चपेटमा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारी रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएका थिए । उनले यस्तो बताएको १२ घण्टा नबित्दै चलचित्र युट्युवमा आधिकारीक रुपम अपलोड भएको छ । 
युट्यवमा अपलोड हुनुभन्दा अघिनै फेसबुकमा सार्वजनिक गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिवद्धता पनि जाहेर गरेका छन् । चलचित्रको डिजिटल राइट्स हाइलाइट्स नेपालले किनेको छ ।

► इन्टरनेटको पिता

► इन्टरनेटको पिता - विन्टन जी. सर्प
► मोबाइल फोनको पिता - मार्टिन कूपर
► www को पिता - टिम बनर्स लि
► क्लोनिङ्ग - इयान विल्मुट
► जीनोम परियोजना- माइकल कार्लिन्स
► उपग्रह प्रणाली- आर्थर क्लार्क
► विश्वको सात नयाँ आश्चर्य - बर्नार्ड बेबर

महत्त्वपूर्ण प्रश्नोतर:-


सन् 2010 देखि 2020 सम्मलाई कुन सार्क दशकका
रुपमा मनाइने भएको छ ?
✔ अन्तरक्षेत्रीय सम्पर्क दशक
आसियनको आगामी 28 औं शिखर सम्मेलन कहिले
र कहाँ भएको हो ?


विश्वमा_सर्वप्रथम :-


● पृथ्वी गोलो छ भनी घोषणा गर्ने व्यक्ति– पाइथागोरस
● टेस्टट्युव बेबी– लुइस ब्राउन
● सगरमाथा आरोहण गर्ने– तेन्जिङ शेर्पा र एडमन्ड हिलारी
● उत्तरी ध्रुवमा पुग्ने व्यक्ति– रवर्ट पियरी (सन् १९०९)
● दक्षिणी धु्रवमा पुग्ने व्यक्ति– एमन्डसेन (सन् १९११)
● चन्द्र धरातलमा उत्रने प्रथम व्यक्ति– नील आर्मस्ट्रङ (अमेरिका)
● अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ति– युरी गागरिन (रूस)


महत्वपुर्ण समसामायिक जानकारी

:-
#. जनआन्दोलन स्वर्णपदक २०७३ --> कृष्ण प्र. सिटौला
#. अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार - २०१६ --> केकसन बसु
#. १३ औ साग गेम --> सन् २०१९ (नेपाल)
#. आशियानको १९औ शिखर सम्मेलन सम्पन्न --> लाओस
#. बैंक अफ द ईयर - २०१६ --> नेपाल इन्भेष्टमेन्ट बैंक
#. Times person 2016 --> Donald J. Trump


समसमायिक टिपनटापन २०७३


१ नेपाल सँग दौत्य सम्वन्त्ध भएको १४४ औ मुलुक कुन हो र कहिले
--एल साल्भाडोर मिती २१ सेप्टेम्बर, २०१६
२ विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समुह G-२० को ११tha सम्मेलन २०१६ कहिले र कहाँ समपन्न भयो
--२०१६ September 4-5 चीनको हाङजाउमा

दलित समुदायबाट पहिलो न्यायधिस हुने व्यक्ति काे हुन ??



रत्नबहादुर वागचन्द

सम्विधानको धारा २७५ मा के को व्यवस्था गरिएको छ ?


क) संबैधानिक परिसद
ख) सम्विधान सन्सोधन
ग) जनमतसंग्रह
घ) सन्धी सम्झौताको अनुमोदन

बजेट २०७३/७४


१० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट:
जेष्ठ १५, २०७३- सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ का
लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट
ल्याएको छ । व्यवस्थापिका संसदको शनिबारको बैठकमा अर्थमन्त्री
विष्णुप्रसाद पैडेलले उक्त बजेट पेस गरेका हुन् ।
नयाँ संविधानमा गरिएको व्यवस्था जेठ-१५ मा बजेट पेस भएको हो । नयाँ
संविधानपछिको यो पहिलो बजेट पनि हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ
रु ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पुँजिगत तर्फ ३ खर्ब
११ ९४ करोड ६३ लाख २५ हजार व्यवस्था गरिएको छ ।

संसारको पहीलो रोग केलाई मानीन्छ? --कुष्ठ रोग


# सीटी अफ ईन्जोई भन्नाले भारतको कुन सहरलाई
बुझाउछ --धोती हरु(कोलकाता
# मानीशको नाक भीत्रको रौ लाई के भनीन्छ?
--सीमा
# काजुको जुसलाई अङग्रेजीमा के भनीन्छ? --
फेनी
# दुबै हात नभएको लाई के भनीन्छ? --ठुडो
# मानीशको छातीको रौ लाई के भनीन्छ? --जेठो
दाई
# जसको कुनै सत्रु छैम उसलाई के भनीन्छ? --अजात सत्रु
# लम्बाई चौडाई बराबर भएको कपडालाई के भनीन्छ? --खगाम
# जोगी सन्यासी ले लगाउने कपडालाई के
भनीन्छ? --चीबर
# खसीमा पाईने तर भैसीमा नपाईने के हो? --'ख
# खुर्सानीमा कुन भीटामीन पाईन्छ? --
सी
# सेता गुरासलाई के भनीन्छ? --चीमाली
# सेतो सुन भन्नाले के बुझीन्छ? --कपास
# नेवारी भाषामा मादल लाई के भनीन्छ? --
मागखी
# आखी भौ बीचको भागलाई के भनीन्छ? --
कुर्प
# टाढाको बस्तुलाई सानो देखाउने लेन्स कुन हो? --कन्केभ
# देशमा सहर हुनछ भने आकाशमा के हुनछ? --तारा पुञ्ज
संकलक : कुबिर गिरी




ग्रहबारे_जानकारी :


1) Brightest Planet - शुक्र ग्रह
2) Morning Star - शुक्र ग्रह
3) Evening Star - शुक्र ग्रह
4) Sister and twin planet of earth - शुक्र ग्रह
5) Goddess of love and beauty - शुक्र ग्रह
6) Planet of Mistery - शुक्र ग्रह
7) Hottest planet - शुक्र ग्रह
8) सबैभन्दा सानो ग्रह - बुध ग्रह
9)बायुमण्डल नभएको ग्रह - बुध ग्रह
10) सुर्यको नजिकको ग्रह - बुध ग्रह
11) सजिव ग्रह - पृथ्वी ग्रह
12) निलो ग्रह - पृथ्वी ग्रह
13) मेटर स्टार - पृथ्वी ग्रह
14) World, Mother Earth - पृथ्वी ग्रह
15)Water Planet - पृथ्वी ग्रह
16) रातो ग्रह - मंगल ग्रह

17) सौर्यमण्डल को ठुलो ग्रह - बृहस्पति ग्रह
18) ग्रहहरुको राजा - बृहस्पति ग्रह
19)सबैभन्दा बढि उपग्रह - बृहस्पति ग्रह
20) सबैभन्दा बेगले घुम्ने ग्रह - बृहस्पति ग्रह
21) ठुलो उपग्रह भएको ग्रह - बृहस्पति ग्रह
22) पँहेलो ग्रह - शनि ग्रह
23) घेरायुक्त ग्रह - शनि ग्रह
24) पानिमा उत्रने ग्रह - शनि ग्रह
25) पश्चिमबाट सुर्य उदाउने ग्रह- अरुण ग्रह
26) असफल तारा - अरुण ग्रह
27) हरियो रंगको तारा - अरुण ग्रह
28) चिसो ग्रह - बरुण ग्रह
29) सबैभन्दा टाढाको ग्रह - बरुण ग्रह
30) ले भरियर्स प्लानेट - बरुण ग्रह
संकलक : कुबिर गिरी

नयाँ संविधानमा समावेश आयोगहरु


========================
1) अख्तियार दुरूपयोग अनुसन्धान आयोग
2) लोकसेवा आयोग
3) निर्वाचन आयोग
4) राष्ट्रिय मानवधिकार आयोग
5) राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग
6) अन्य आयोगहरू
#. महिला आयोग
#. दलित आयोग
#. समावेशि आयोग
#. आदिवासि जनजाति आयोग
#. मधेशि आयोग

#. मुस्लिम आयोग
#. थारू आयोग
माथि उल्लेखित आयोगका लागि
======================
==> सदस्यको पदावधि.... 6 बर्ष
==> जम्मा सदस्य... 5 जना(अध्यक्ष सहित)
==> उमेरहद.... 65 बर्ष

==> तर NHRC को लागि उमेरहद तोकिएको छैन ।
==> उमेर योग्यता... 45 बर्ष पुगेको
==> शैक्षिक योग्यता... स्नातक
==> तर PSC को लागि....स्नातकोत्तर
==> रा प्र तथा वि आयोग को लागि... सम्बन्धित बिषयमा बिशेषज्ञता चाहिने ।
>>> धेरै शेयर गर्नुहोला......!!!
संकलक : कुबिर गिरी

नागरिक समाज भनेको के हो


# नागरिक समाज भनेको के हो ?नागरिक समाजको भुमिका उल्लेख गर्नुहोस् । ☆☆☆☆☆☆ नागरिक समाज ☆☆☆☆☆☆ ▶नागरिक समाज यस्तो समुह हो जुन गैर राजनीतिक गैरसरकारी र गैरनाफामुलक हुन्छ ।जसमा नागरिकको हक अधिकारको बहस र पैरवी गर्न स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरू स्वत:स्फुिर्त रुपमा संगठित भएको हुन्छ ।
▶नागरिकको रक्षार्थ नागरिकहरूकै माझबाट उत्पत्ति भएको जनताको साझा हितको अभिव्यक्तिको रुपमा नागरिक समाजलाई बुझिन्छ । ▶नागरिक समाजले कानुन कार्यान्वयनमा सरकारलाई र कानुन पालनामा नागरिकलाई सचेत र सहयोग गरि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा सरकार र नागरिकलाई सहज वातावरणको सिर्जना गर्दै सरकार र नागरिक बीच सुमधुर सम्बन्ध कायम गरि सरकारको काम कारबाहीलाई जनउत्तरदायी र पारदर्शी ढंगबाट सञ्चालन हुन मद्दत गर्दछ । नागरिक समाजको भुमिका
✔लोकतान्त्रिक मुल्यमान्यताको विकास र संस्थागत गर्ने माध्यमको रुपमा , ✔परिवर्तनको संवाहकको रुपमा , ✔समाज सुधारको रुपमा , ✔रचनात्मक सुझाव कर्ताको रुपमा , ✔आवश्यक दबाब कर्ताको रुपमा , ✔सचेतकको रुपमा , ✔सचेतना अभिवृद्धिको रुपमा , ✔जनसहभागिता र मत निर्माण गर्ने माध्यमको रुपमा इत्यादि ।

भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा हुन्।


• भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा
हुन्।
• नेपालको पहिलो प्रधानमन्त्रि भिम्सेन थापा हुन ।
• सप्त बुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸
काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन्।
• थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ
• स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो।
• नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा
हुन्।
• नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२
सालमा प्रकाशन भएको थियो।

सुर्यको बारेमा २२ प्रश्नोत्तर


""सौर्य परिवारको एक मुख्य सदस्य तथा आकाशमा चम्किने
विशाल तारा के हो ?
– सूर्य
 सूर्य पूथ्वीबाट कति टाढा रहेको छ ?
– १४ करोड ८८ लाख किलो

प्रश्न :नेपालको संविधानमा के कस्ता मौलिक हक र कर्तव्यहरुको व्यवस्था गरिएका छ उल्लेख गर्नुहोस ।



नेपालको संविधान, २०७२ भाग–३ अन्तर्गत धारा १६ देखी धारा ४८
सम्म मौलिक हकहरुको व्यवस्था गरिएको छ जसलाई देहायअनुसार उल्लेख
गरिएको छ ।
धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक
धारा १७ स्वतन्त्रताको हक
धारा १८ समानताको हक

धारा १९ सञ्चारका हक
धारा २० न्याय सम्बन्धी हक
धारा २१ अपराध पीडितको हक

नेपाल र चीनबीच तातोपानी र केरुङ् नाका बाहेक अन्य सात वटा नाका खोल्ने २० बुँदे सम्झौता

फ्रन्सको पेरिसमा ईस्लामिक स्टेट IS द्धारा १२९
जनाको ज्यान जाने गरि संगतिक आक्रमण #
सन्२०१५नोवेम्बर१३
विश्व स्वास्थ्य संगठन (WHO) ले Sierra Leone लाई
ईबोला मुक्त घोषणा गरेको # सन्२०१५नोवेम्बर

कुन_दिन_के_भयो ?


२०७३ असार १:
• लोकसेवा आयोगको ६६ औ बार्षिक उत्सबमा लोकसेवा
आयोगको प्रतिक चिन्ह अनावरण
• विश्व बैंकले नेपालको आगामी बर्षको आर्थिक बृद्दीदर
४.७% रहने अनुमान गरेको
============

२०७३ असार २:
• परिक्षा नियन्त्रण कार्यलयद्वारा २०७२ सालमा लिएको
८३ औ संस्करणको एसएलसी परिक्षाफल प्रथम पटक
अक्षरांकन पद्दतिबाट प्रकाशित
============
२०७३ असार ५:
• व्यवस्थापिका – संसद कार्यसंचालन नियमावली बहुमतले
पारित
============
२०७३ असार ६:
• अफगानिस्तानको काबुलमा आतंककारी हमलामा परि १३
नेपालीको मृत्यु, ६ जना घाइते
============
२०७३ असार ७:

• जुन २१ विश्व योग दिवस विविध कार्यक्रम गरि
मानिएको
============
२०७३ असार ८:
• संसदीय सुनुवाई विशेष समितिको सभापतिमा कुलबहादुर
गुरुङ सर्वसम्मतले निर्वाचित
======
======
२०७३ असार ९:
• अफगानिस्तान हमलामा मृत्यु भएका नेपालीका
परिवारलाई १०/१० लाख दिने र घाइतेको निशुल्क उपचार
गर्ने नेपाल सरकारको निर्णय
============
२०७३ असार ११:
• आर्थिक बर्ष ७२/७३ को प्रथम १० महिनामा १८ अर्ब ८६
करोडको चामल आयात भएको तथ्य नेपाल राष्ट्र बैंक
द्वारा प्रकाशित, यो परिमाण गत आर्थिक बर्षको
तुलनामा ५२% बढी
============
२०७३ असार १५:
• राष्ट्रिय धान दिवस विविध कार्यकर्म गरि मनाइएको
• राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा व्यवस्थापिका
संसदबाट जेठ २२ गते पारित भएको शिक्षा ऐन, (आठौ
संसोधन) विधेयक, २०७२ प्रमाणीकरण


नेपालको सिमानाले भारतका 5 वटा राज्य लाइ छोएको छ | पुर्व: सिक्किम र पश्चिम बङ्गाल दक्षिण


• ...नेपालको सिमानाले भारतका 5 वटा राज्य लाइ छोएको छ | पुर्व: सिक्किम र पश्चिम बङ्गाल दक्षिण : बिहार उत्तर प्रदेश पश्चिम उत्तरंचाल • ...क्षेत्रफल को आधार मा सबैभन्दा ठुलो जिल्ला डोल्पा र सबैभन्दा सानु जिल्ला भक्तपुर हो |

.गोर्खावाट काठमाडौंको लागि उडेको फिस्टल एयरको विमान दुर्घटना - २०७३/०४/२४


२. हुम्लाबाट सुर्खेत फर्किदैगरेको मकालु एयरको जहाज
कर्णाली नदिमा दुर्घटना - २०७३/०४/२०
३.पुष्पकमल दाहाल नेपालको दोस्रोपटक कम्न्युनिष्ट
प्रधानमन्त्री :- २०७३/०४/१९
४.पुर्वप्रधानमन्त्रि के.पि. शर्मा ओलिबाट राजिनामा -
२०७३/०४/९
५.सरकारले नेपालभर प्लास्टिक तथा प्रोपिलिन झोलामा
प्रतिबन्ध- २०७३/०४/०१
६.नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश
मा सुशिला कार्कि - २०७३/०३/२६

जिल्ला र अञ्चलको सिमानासम्बन्धि महत्वपूर्ण जानकारीविशेषता


जिल्ला / अञ्चलको संख्या
भारतलाई मात्र छुने जिल्ला
२४
भारत र चीन दुवै देशलाई छुने जिल्ला
२ (ताप्लेजुङ र दार्चुला)
चीनलाई मात्र छुने जिल्ला
१३
चीनसमेत भारतलाई छुने जिल्ला २६
भारतसमेत चीनलाई छुने जिल्ला १५
भारतलाई मात्र छुने अञ्चल

चीनलाई मात्र छुने अञ्चल

२ जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला ३
(झापा, दार्चुला र कञ्चनपुर)
आफ्नै अञ्चल सीमाना नछुने जिल्लाहरु
३ (भक्तपुर, नुवाकोट र लमजुङ)
नेपालको सीमावर्ती जिल्लासँग मात्र सीमाना
जोडिएका जिल्ला (दुवै देशसँग सिमाना नजोडिएका
जिल्ला) ३६
हिमाली प्रदेशमा पर्ने जिल्ला
१६
पहाडी प्रदेशमा पर्ने जिल्ला
३९
तराई प्रदेशमा पर्ने जिल्ला 20
संकलक : कुबिर गिरी

नेपाल सरकारको निर्णय ( 2073/5/29) सात वटै प्रदेशमा उच्च अदालतको गठन गरेको छ।


*नेपाल सरकारको निर्णय ( 2073/5/29)
सात वटै प्रदेशमा उच्च अदालतको गठन गरेको छ।
* असार 29 गते अविश्वासको प्रस्ताव दर्ता र मौद्रिक नीति ।
* असार 27 प्रधानन्यायाधीश शुशिला कार्की नियुक्त । बैशाख 2 मा कायममुकायम ।
* जेष्ठ 25 अमर गुरुङको मृत्यु ।
* बैशाख 5 मा बेपत्ता पारिएका व्यक्तिको छानबिमा उजुरी लिन थालो।
* बैशाख 26 मा सरकारको नीति तथा कार्यक्रम ।
* नेपाल र चीन बिच पारवहन सन्धी बि.स 2072/12/8 ( 21 मार्च 2016)
* मदन पुरस्कार : रामलाल जोशी ( ऐना)
* जगदम्बा श्री : लिल बहादुर क्षेत्री।
* राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त डा.मीन बहादुर श्रेष्ठ (16 भाद्र 073)
* मौद्रिक नीति सार्वजनिक असार 30 गते।
* भोटेकोसीमा बाडी असार 21 मा आयो।

BRICS को आगामी 8 औं सम्मेलन : 2016 Oct 15-16 (India)

- BRICS को आगामी 8 औं सम्मेलन : 2016 Oct 15-16 (India)
- G20 को 2016 को सम्मेलन : चीन
- Harmonized syatem को सुरुवात : Belgium
- विश्वको दोस्रो अग्लो बन्जिजम्प पुल निर्माणाधीन : पर्वत, नेपाल
- चिठीमा टिकट टास्ने चलनको सुरुवात नेपालमा : 1944/03 /14

- अन्तर्राष्ट्रिय प्रजातन्त्र दिवस : Sep 15
- क्यान्जिङ उपत्यका : रसुवा
- झुमा मेला : जनकपुर
- गन्जा नाँच : दार्चुला
- धामी जाती : दार्चुला
- पर्यटकीय दृष्टिले नेपाललाई विश्वमा पहिचान गराउने मुख्य ब्रान्ड : " Naturally Nepal, Once is not enough.
- सहायक ब्रान्ड : Nepal really paradise
- लोकसेवा आयोगको नारा : योग्यता निष्पक्षता स्वच्छता
- ´फुलानी´ : खगेन्द्र लामिछाने
- चितवनबाट अर्ना लोप भएको : 2020 bs
- 'Welcome to Mars` kriti : Buzz Aldrin
- गौतम बुद्धका गुरु : दिपंकर बुद्ध
- विवाह गरेपछी 6 महिना ससुराली बस्नु पस्नु पर्ने चलन : लेप्चा
- निजामती सेवा दिवस 2073 को नारा : सेवामैत्री र जवाफदेही प्रशासन संघीयतामा सुशासन
- सर्वोत्कृष्ट निजामती पुरस्कार 2073 : शान्तराज सुवेदी
- Blue Desert : Egypt
- सेचुर Desert : Peru
- संघीय सिमांकन आयोगको अध्यक्ष : बालानन्द पौडेल
- अमेरिका स्थित मानवतावादी संस्था डब्लूसीयच द्वारा प्रदान गरिएको एसियन म्यान अफ द इयर बाट सम्मानित हुने नेपाली : विनोद चौधरी
- चुरे संरक्षण दिवस : असोज 7
- हुम्डे विमानस्थल : मनाङ
- wHO ले श्रीलकालाइ कहिले मलेरिया मुक्त देश घोषणा : 2016 Sep 5
- युवाररत्न गायन अवार्ड 2016 बाट सम्मानित हुने कलाकार : तिलकबम मल्ल
- मागिनोट रेखा : जर्मनी र फ्रान्स
-
घोलमा चिनीको मात्रा मापन गर्ने यन्त्र : सेक्रिमिटर
- शेरे धनुषा : हेमबहादुर मल्ल
- 2073 को बजेट : 2073-2-15
- 2073 को मौद्रिक नीति : 2073-3-30
- श्रम तथा रोजगार मन्त्रालयलमा कहिलेदेखि bio metric system सुरु : 2072-3-23
- नेपालको सँविधान प्रमाणीकरणका लागि कतिवटा प्रतिमा हस्ताक्षर गरिएको : 5
- ६.मृतकको दाहसस्कार गर्दा डोरिको खाट चाहिने जाती : सतार
- नारहिल्सा` ठाउँ : हुम्ला
- गुठीले यसवर्षको ‘प्रतिभा सम्मान’ पुरस्कार कसलाइ प्रदान गर्ने निर्णय : सत्यमोहन जोशी
- सरकारले प्रदेश सिमाङकन विवादित बिषयलाइ टुङ्गो लगाउन कसकाे संयाेजकत्वमा राजनीति संयन्त्र गठन : कमल थापा, 2072-11-6
- नेपालमा गोबर ग्यास प्लान्ट कहिले देखि सुरु : 1997 ad
- चीनका प्रथम अन्तरीक्ष यात्री : याङ लिबेई
- Black widow : विषालु माकुरा
- Adwin Aldrin नेपाल आएका : 2073-5-20, 2016 Sep 5
- सार्क बिज्ञान संग्रहालय : किर्तिपुर, काठमाडौ
- 'आमा म साउदी जान्न्न ' कृति : असिम सागर (भक्तमान श्रेष्ठ)
- आँसु मेरो आदत हो तर म डराउदिन` : आङ साङ सुकी
- साप्टाको अवधारणा : श्रीलंका
- UNO ले आफ्नै भवनमा बैठक सुरु : 1952 ad
- UNO मानव अधिकार पुरस्कार : 1966 ad
- सार्क प्राविधिक समितिको अध्यक्षको पदावधि : 2 yrs
- सार्क सामाजिक वडापत्रमा हस्ताक्षर : 12 औं सम्मेलन
- UNO को सदस्यता प्राप्त गर्न स्थायी सदस्य बाहेक कति सदस्य रास्ट्रको समर्थन चाहिन्छ : 4
- UNO जनसंख्या पुरस्कार : 1986 ad
- Civil war in France :
Karl Marx
- ´The holy family` : Karl Marx
- ´The prime metaphysics` : अरस्तु
- वाल मैत्री स्थानीय शासन लागु गर्ने नेपालकै दोस्रो गाविस : भिङ्ग्री, प्युठान
- पहिलो बालमैत्री गाबिस : प्रगतिनगर, नवलपरासी
- विश्वको सबैभन्दा धेरै शरणार्थी रहेको देश : अफगानिस्तान
- लिच्छविकालमा बृत्तिका भन्नाले : इन्टरपोलको सदस्य संख्या : 192
- प्रिय बचन बोल्नेको कोहि सत्रु हुदैन : चाणक्य
- औषधिको ठूलो निर्यातकर्ता : भारत
- भारतको जुम्ल्याहा सहर : हाइदरबार र सेकुन्दरबाद
- सुर्यप्रसाद गौतम : 2068
- भाइकाजी तिवारी : 2070
- शान्तराज सुवेदी : 2073
- भगवतिकुमार काफ्ले : 2069
- नेपाल सरकारले भाषा आयोग गठन : 2073-5-23 (लभदेव अवस्थी)
- Tourism man of the year 2016 : मोहन लम्साल
- गृह प्रवेश कृति : डायमण्ड शमशेर
- निजामती सेवा नियमावलीको 14 औं संशोधन : 2073-5-23
- नेपालको सबैभन्दा होचो हिमरेखा 4500 m : रुपिनाला, गोरखा
- भारतमा गई राजिनामा पठाउने प्रधानमन्त्री : पद्य शमशेर

कसको_मृत्यु_कहिले


1. गिरिजा प्र कोइराला : 2066 चैत्र 7
2. कृष्ण प्र. भट्टराई : 2067 फागुन 20
3. मरिचमान सिंह : 2070 साउन 31

विश्व समसामयिक


* बेलायतमा जनमत संग्रह : 23 जुन 2016
* मेसि सन्यास घोषणा : 27 जुन 2016
* मदर टेरेसालाइ सन्त घोषणा : 2 सेप्टेम्बर 2016
* टेरिजा मे प्रधानमन्त्री : 13 जुलाई 2016
* जुनो यान वृहस्पतिमा पठाएको जुलाई 4

विश्वको पहिलो बोल्ने चलचित्र कुन हो? - जर्ज सिंगर


समयको संक्षिप्त इतिहास" नामक पुस्तकका लेखक को हुन् ?

स्टेफेन हकिङ
722. कालिञ्चोक भगवतीको मन्दिर कुन जिल्लामा पर्छ ?
दोलखा

723. शेख दह कुन जिल्लामा पर्छ ?
जुम्ला
724. हैदरावाद सहर कुन नदीको किनारमा अवस्थित छ ?
मुसी

समयको संक्षिप्त इतिहास" नामक पुस्तकका लेखक को हुन् ?

स्टेफेन हकिङ
722. कालिञ्चोक भगवतीको मन्दिर कुन जिल्लामा पर्छ ?
दोलखा
723. शेख दह कुन जिल्लामा पर्छ ?
जुम्ला
724. हैदरावाद सहर कुन नदीको किनारमा अवस्थित छ ?
मुसी

कीर्तिपुरको विजयपछि कान्तिपुरमा आक्रमण हुने डरले जयप्रकाश मल्लले अंग्रेजसँग सहयोग माग गरेपछि पृथ्वीनारायण शाहका विरुद्ध नेपाल आएको अभियानलाई के भनिन्छ ?

621. कीर्तिपुरको विजयपछि कान्तिपुरमा आक्रमण हुने डरले जयप्रकाश मल्लले अंग्रेजसँग सहयोग माग गरेपछि पृथ्वीनारायण शाहका विरुद्ध नेपाल आएको अभियानलाई के भनिन्छ ?
किनलक अभियान

नेपाल टेलिभिजनले कहिलेदेखि NTV-2 को सहप्रसारण सुरु गरेको हो ?

341. नेपाल टेलिभिजनले कहिलेदेखि NTV-2 को सहप्रसारण सुरु गरेको हो ?
2060 असोज 10
342. निजीकरणसम्बन्धी अवधारणा ल्याउने व्यक्तिका रुपमा कसलाई चिनिन्छ ?
पिटर डुकर

343. विश्‍वमा सर्वप्रथम निजीकरणसम्बन्धी अवधारणाको विकास कहिलेदेखि भयो ?
सन् 1980
344. नेपालमा निजीकरणसम्बन्धी नीति-पत्र (Policy Paper) सर्वप्रथम कहिले ल्याइएको हो ?
वि.सं. 2048
345. महिला निजामती कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघीपछि गरी कति दिन प्रसूति विदा लिन पाउने व्यवस्था छ ?
98 दिन
346. पुरुष निजामती कर्मचारीको पत्‍नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरी अघि वा पछि गरी पाउने प्रसूति स्याहार विदा अवधि कति व्यवस्था गरिएको छ ?
15 दिन
347. राष्ट्रिय मानव अधिकार आयोगको बैठक सामान्यतया महिनाको कति पटक बस्छ ?
2 पटक
348. राम्रो भेषभुषा साथै गहना लगाएर गरिने नृत्यलाई के भनिन्छ ?
आहार्य
349. मर्यादाक्रममा सबैभन्दा पहिलो स्थानमा पर्ने पदक 'लोक श्री पदक' हो भने सबैभन्दा पछिल्लो स्थानमा पर्ने पदक कुन हो ?
विज्ञान प्रवीण पदक
350. पृथ्वीनारयण शाहको महान कार्यको कदर गर्दै दिल्लीका बादशाहले कुन पदवीले विभुषित गरेका थिए ?
बहादुर शमशेर जंग
351. माइकल एन्जेलोले झण्डै 20 वर्ष लगाई निर्माण गरेको बहुचर्चित चित्र कुन हो ?
द लास्ट जजमेन्ट
352. विश्‍व को सबैभन्दा ठूलो वैज्ञानिक भवन कुन हो ?
जोन एफ केनेडी स्पेस सेन्टर (अमेरिका)
353. 'संसारको एक्लो टापु' भनेर कुन ठाउँलाई चिनिन्छ ?
ट्रिस्टान डे कुन्ना
354. 'अस्ताच्यो' र 'नामथर' कुन जातिका धर्मग्रन्थ हुन् ?
लेप्चा
355. माघे पूर्णिमाका दिन तामाङ जातिका मानिसहरुले खाने विशेष प्रकारको खाधपदार्थलाई के भनिन्छ ?
आलुम
356. 'कोडाक फिल्म' का आविष्कारक को हुन् ?
जर्ज इष्टमेन
357. अन्तर्राष्ट्रिय परिवार दिवस कहिले मनाइन्छ ?
May 15
358. भ्यासेक्टोमी गरेका व्यक्तिले गर्भ निरोधका लागि कति अवधिसम्म सहवास गर्दा अस्थायी साधन प्रयोग गर्नुपर्छ ?
3 महिनासम्म
359. अफ्रिकी एकता संगठनको स्थापना कहिले भएको थियो र यसको प्रधान कार्यालय कहाँ रहेको छ ?
सन् 1963 (इथियोपियाको आदिश अबाबा)
360. युरोपेली संसदमा कति जना सदस्य रहने व्यवस्था छ ?
751
 लोकसेवा बाजे

राष्टपति विद्यदेवी भण्डारी विश्वकै कतिऔँ शक्तिशाली महिलामा परेकी छन् → ५२ औँ



* विश्वकै प्रथम शक्तिशाली महिला → एन्जेला मर्केल
* राष्टिय गानका संगितकार अमर गुरुङको निधन कहिले भयो → २०७३ जेष्ठ २५ गते
* फ्रेन्च ओपन २०१६ को विजेता को बने → नोभाक जोकोभिच
* १०६ औँ नारी दिवशको नारा के रहेको थियो → लैंगिक समानताका लागि पाइला हाराहारी, सन २०३० सम्म हिस्सा बराबरी

निकुञ्जहरु :- १० वटा

1 निकुञ्जहरु :- १० वटा
2 आरक्षहरु :- ४ वटा
3 संरक्षण क्षेत्र :- ७ वटा
4 मध्यवर्ती क्षेत्र :- १२ वटा
5 नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कुन हो ?
– शुक्लाफाँटा घाँसे मैदान

संबैधानिक इतिहास




1.नेपाल सरकार वैधानिक कानुन2004
*जारी मिती-वि..2004माघ13गते
*नेपालको प्रथम लिखीत संविधान
*6भाग68धारा1अनुसुचि
*पद्दा समसेरद्वारा जारी

नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।




2. ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग मिल्ने साना नदीलाइ सहायक नदि भनिन्छ
3. बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो
4. 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो
5. वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका स्तनधारी, 9 प्रजातीका पंक्षी 3 प्रजातिका सरिसृपलाइ राखेको

प्रदेश नं ६ मा रहेका जिल्ला र सम्झिने सुत्र:-


(सुत्र:- हुमुजु डोका जादैसु रुस)
१) हुम्ला:- सिमिकोट

विश्वकाे भुगाेल विशेष


१ हाल सम्म कतिवटा देशहरू अतिकम विकशित मुलुककाे सुचिवाट माथी उक्लेका छन?
# ४
२ हाल विश्वमा कती मुलुक अतिकम विकसित मुलुककाे सुचीमा छन?
# ४७

कुन वस्तुमा कुन तत्व पाईन्छ ?



1. सुर्ती: निकोटिन
2. कफी: क्याफिन

. नेपालको सबैभन्दा कान्छो उप-महानगरपालिका कुन हो

1. नेपालको सबैभन्दा कान्छो उप-महानगरपालिका कुन हो ? -
धनगढी
2. नेपालकै कान्छो गाविस अध्यक्ष को हुन् ? -महेश बस्नेत

केही भिटामिन र त्यसलाई चिनिने नामः


• रेटीनोल : Vitamin - A
• थायमिन : Vitamin - B 1

*विश्वका राजतन्त्रात्मक देशहरु-


>1.भुटान-राजा
>2.थाइल्याण्ड-राजा

प्रश्न: आ.व. २०७३/७४ का बजेटको उद्देश्यहरु लेख्नुहोस् ?



उत्तरः सूत्र ( संभू आउ अनि आसा) Loksewa GK
• संविधानको कार्यान्वयन गर्ने,

Estudy



नेपाल विश्वको कति औ स्थान मा पर्छ ?


1. जलस्रोत -------------2
2. हावापानी जोखिम --------4

Total Pageviews